Tuesday, August 11, 2009

Newari Items

अण्डा बारा

INGREDIENTS

आवश्यक सामग्री

कालो मास २०० ग्राम

अदुवा लसुन पिसेको १ ठुलो चम्चा

हरियो खुर्सानी पिसेको आधा चम्चा

जिरा दाना दुई चिम्टी

नुन र तोरीको तेल आवश्यकता अनुसार



METHOD

बनाउने तरिका


मासलाई पानीमा ६-७ घण्टा भिजाउने र हलका पानीसँगै बाक्लो हुने गरी पिस्ने

पिसेको मासमा नुन अदुवा लसुन, खुर्सानी , जिरा दाना हाली केहि समय चलाउने

सानो आगोमा बाक्लो ताई बसाल्ने र तेल दल्ने

ताई तातेपछि १ डाडु बराबर मास हाल्ने

मासको बीच भागमा हल्का खाल्डो बनाउने र अण्डा राख्ने

एकापटी पाके पछि अर्कोतिर पल्टाउने

दुवै भागमा खैरो भएपछि अण्डाबारा तयार भयो ।

पिसेको मासमा अण्डा राखेर तेलमा फ्राई गरे पनि हुन्छ ।



हाँसको छोईला

INGREDIENTS


आवश्यक सामग्री


हाँसको मासु ५०० ग्राम

तोरीको तेल आधा कप

हरियो धनिया चप २ ठुलो चम्चा

खुर्सानी धुलो एक ठुलो चम्चा

अदुवा २ ठुलो चम्चा

जिरा धुलो १ ठुलो चम्चा

नुन बेसार स्वाद अनुसार



METHOD

बनाउने तरिका


सर्वप्रथम हाँसको मासुलाई सानो-सानो टुक्रामा काट्ने

काटेको मासुलाई आगोमा पोल्ने

सफा भाँडोमा हाँसको मासु, तेल, हरियो धनिया, खुर्सानी धुलो, नुन, अदुवा, जिराधुलो राख्ने र हातले मोल्ने ।

अब तयार भयो हाँसको छोईला ।

छोईलामा हरियो लसुन अथवा मेथि झानेर पनि खान सकिन्छ ।


मटन छोयला

INGREDIENTS

मटन बोन लेस (१ केजी)


शुद्ध तोरीको तेल

३० गाम्र धुलो खुर्सानी

३० गाम्र अदुवा-लसुन पेस्ट

नुन (स्वादअनुसार)
जिराको धूलो स्वादअनुसार



METHOD

बनाउने बिधि:

मटनलाई पोलेर वा उसिनेर दुवै तरिकाले बनाउन सकिन्छ

मटनलाई डाइस आकारमा काटेर माथि उल्लिखित सम्पूर्ण मरमसलासँग मोलेर आधा घण्टा राख्ने।

आधा घन्टा राखेपछि मटन छोयला खानको लागी तयार हुन्छ


गुन्र्दुकको अचार

INGREDIENTS

चाहिने सामाग्री:

· गुन्र्दुक

· काटेको प्याज

· सोया तेल (२ चम्चा)

· अदुवाको पेस्ट

· खोर्सानी (स्वाद अनुसार)

· नुन (स्वाद अनुसार)

· कागती



METHOD

बनाउने बिधि:

· ग्याँसमा तावा तातिएपछि गुन्र्दुकलाई १ मिनेट जति चलाउदै भुट्ने

· त्यसपछि गुन्र्दुकलाई झिकेर एउटा भाँडोमा राख्ने।

· काटेको प्याज, २ चम्चा सोया तेल, अदुवाको पेस्ट, खोर्सानी (स्वाद अनुसार) सबैलाई गुन्र्दुक राखेको भाँडोमा रा

· भाँडोमा राखेको सबैसामाग्रीलाई राम्ररी मुछ्ने, अब गुन्र्दुकको अचार खानलाई तयार भयो।· त्यसमाथि कागतीको रस रखेर पनि यसलाई खान सकिन्छ।


चटामरी

INGREDIENTS

चाहिने सामाग्री:

· चामालको पिठो

· पानी

· फिटेको अण्डा

· नुन (स्वाद अनुसार)



METHOD

बनाउने बिधि:

· पिठोलाई चाहिने अनुसार पानी हालेर मुछ्ने।

· एउटा भाँडामा अण्डा फिट्ने

· तातिएको तावामा एक डाडु पिठो हाल्ने र त्यसमाथी फिटेको अण्डा राख्ने

· तीन देखि चार मिनेट छोप्ने, त्यसपछि पल्टाईदिने र एकछिन राख्ने

· अब चटामरी खानका लागि तयार भयो।


बफ सेकुवा

INGREDIENTS

आवस्यक सामग्री

बफ १ केजी (छाला-हड्डी बोसो कम)

नुन बेसार स्वादअनुसार

तोरीको तेल आवश्यकता अनुसार

मसलाको धूलो स्वादअनुसार

कागतीको रस स्वादअनुसार

धनियाँ १ मुठा

अदुवा-लसुन पेस्ट आवश्यकता अनुसार

अमिलो दही आवश्यकता अनुसार


METHOD

पकाउने विधि


डायस आकारमा काटिएको मासुलाई नुन, दही, तेल, मसला मोलेर कम्तीमा बढिमा ३ घन्टा छोड्नुपर्छ । तीन घन्टामा मासुभित्र मसला-नुन छिरिसक्छ त्यसपछि फलामले बनेको सिन्कामा एक-एक गरी मासुको टुक्रा उनी आगोमा करिब १० देखी १५ मिनेट सेकाएपछी सेकुवा तयार हुन्छ अब तपाई मजाले चिउरा वा अन्य कुनै परिकार सगँ खान सक्नुहुन्छ।


बफ छोयला

INGREDIENTS

आवस्यक सामग्री


बफ १ केजी

तेल शुद्ध तोरीको तेल

खुर्सानी २५ ग्राम वा स्वाद अनुसार

अदुवा-लसुन पेस्ट २५ ग्राम

हरियो लसुनको पात आवस्यकता अनुसार

नुन स्वादअनुसार

जिराको धूलो स्वादअनुसार


METHOD

पकाउने विधि


बफलाई पोलेर वा उसिनेर दुवै तरिकाले बनाउन सकिन्छ । बोसो नभएको बफलाई डाइस आकारमा काटेर माथि उल्लिखित सम्पूर्ण मरमसलासँग मोलेर आधा घन्टा राखेपछि तयार हुन्छ-बफ छोयला अब तपाई मजाले चिउरा वा अन्य कुनै परिकार सगँ खान सक्नुहुन्छ।


चिकेन करी

INGREDIENTS

आवस्यक सामाग्री

चिकेन १ के.जी

प्याज ३ वटा

दही १ कप

अदुवा लसुनको पेष्ट २ चम्चा

चिकेन स्टक २ कप

ल्वाङ, सुकुमेल, अलैचीँ ४-५ वटा

दाल चिनि, तेजपत्ता १-२ वटा

तेल,बेसार,नुन, खुर्सानी र मरिचको धुलो आवस्यक्ता अनुसार


METHOD

बनाउने बिधि


चिकेनलाई सफा पानीमा राम्रारी पखाल्ने अनि एउटा भाडोमा तेल तताउने र त्यसमा ल्वाङ,सुकुमेल अलैचीँ दाल चिनि, तेजपत्ता हालेर फुराउने अनि त्यसमा काटेको प्याजको टुक्रा खैरो हुन्जेल भुट्ने र अदुवा लसुनको पेष्ट हाल्ने माथीबाट खुर्सानी र मरिचको धुलो हालेर चलाएपछी चिकेन हालेर चलाउने मासु खैरो हुन्जेल सम्म पकाउने। राम्रारी पाकीसकेपछी दही हाल्ने, त्यसपछी चिकेन स्टक पनि हाल्ने। आगो अली मधुरो पार्ने अनि पकाउने। अली मजाले पाकेपछी निकालेर तात्तातै चिकेन करी भात वा रोटी सगँ खान सकीन्छ।


No comments:

Post a Comment